काठमाडौं, असार २७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको बुधवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनलाई पशुपतिनाथ आर्यघाटमा पति प्रचण्डसहित दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
दाहाललाई नेकपा(माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली दिन दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु, आफन्त तथा कार्यकर्ताहरु पेरिस डाँडा पुगेका थिए । शोकसभामा उपस्थितहरु सबैले श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।
६९ वर्षीय सीता दाहालको बुधबार बिहान हृदयघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो । सिता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट लामो समयदेखि पीडित थिइन् ।