Kath Khabar
तीन दिनसम्म देशका धेरै ठाउँमा वर्षाको सम्भावना

 

              काठमाडौं, असार २८ । आज सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको साथै मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ । बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ।

आज, भोलि र पर्सि तीन दिनसम्म नै देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update