Kath Khabar
कलाकार निशाको सहयोगार्थ राष्ट्रिय संगीतकर्मी संघद्धारा सहयोग अभियान सञ्चालन

काठमाडौं, असार ४ । राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु गरेको छ । संघले बिहिबार काठमाडौंको थापाथली स्थित नर्भिक अस्पताल पुगेर आर्थिक सहयोग प्रदान गरेको छ । संघका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिब बिक्रमजंग शाह सहित सरिता भारती, दीपेन्द्र तिमिल्सिना लगायतका कलाकारले निशाका बुबा प्रेमप्रसाद घिमिरेलाई आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

संघको विपत व्यबस्थापन समितिका संयोजक समेत रहेका संघका महासचिब शाहले निशा घिमिरे सो संघकी सदस्य रहेको बताउनुभयो । सोही कारण निशाको उपचारको खर्च सँकलनका लागि आफुहरुले पहल सुरु गरेको शाहले बताउनुभएको छ । संघले आफ्नो सदस्यहरुलाई आपत पर्दा बिगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको पनि शाहले जानकारी गराउनुुभयो ।

निशालाई आर्थिक सहयोग गर्न समिति नै गठन गरिएको जानकारी गराउँदै महासचिब शाहले भन्नुभयो, ‘४ हजार भन्दा बढी सदस्य रहेको हाम्रो संघको ७४ जिल्लामा शाखा रहेको छ । ती शाखाहरुबाट के कति सकिन्छ, निशाको उपचार र उपचारको क्रममा विगतमा परिवारलाई परेको ऋणभारलाई कम गर्न पनि हामीले आर्थिक संकलन पहल सुरु गरेका हौं ।’ यसै गरी दुई वर्ष अघि पनि निशालाई आफुहरुले ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरेको पनि शाहले स्मरण गराउनुभयो ।  

 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update