
काठमाडौं, असार २९ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेकोले सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना छ । राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो वर्षाको अनुमान छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा माथितिर अथवा नेपालतिर सर्यो भने वर्षा गराउने सम्भावना रहने मौसमविदले जानकारी दिएका छन् ।
हाल कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षा पनि भइरहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।