Kath Khabar
सुन र हिरा सहित अष्ट्रेलिया जान लागेकी महिला पक्राउ

 

             काठमाडौं, असार ३१ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला सुन र हिरासहित पक्राउ परेकी छन्। प्रहरीले शनिबार दिउँसो ५५ वर्षीया अभया विश्‍वकर्मालाई पक्राउ गरेको हो।

विमानस्थलमा चेकिङ गर्दा ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको सी प्लस  हिरा  भेटिए पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन्। उनले भन्सार छलेर झोलामा हालेर सुन र हिरा लैजान लागेकी थिइन्। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update