Kath Khabar
वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु

 

                काठमाडौं, साउन १ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बिहान ८ बजेदेखि ओपिडी सुरु भएको छ ।  श्रावण १ गते आजबाट ८ बजेदेखि सुरु हुने गरी (बहिरङ्ग सेवा) ओपिडी सञ्चालनमा आएको छ ।

यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो ।यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो ।

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिनुभयो । दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २:३० बजेसम्म निर्धारण गरिएको उहाँले बताउनुभयो ।

वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ । अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन् । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८:१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्ने निर्णण गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update