Kath Khabar
विमानस्थलबाट सय किलो सुन बरामद प्रकरण :  छानबिनका लागि समिति गठन

 

                  काठमाडौं, साउन ५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुन प्रकरणको छानबिनका लागि भन्सार विभागले छानबिन समिति गठन गरेको छ।

भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गर्नुभएको हो । “विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो”, सूचना अधिकारी खड्काले भन्नुभयो ।

राजस्व अनुसन्धान विभागले मङ्गलबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । बरामद गरिएको सुन परीक्षणका लागि आजै नेपाल राष्ट्र बैंक पठाइएको छ ।

यस्तै सुनको जाँचपासमा संलग्न रहेका भन्सार कार्यालयका कर्मचारी निलम्बित भएका छन् । भन्सार विभागले अनुसन्धानका लागि भन्दै उनीहरुलाई निलम्बन गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update