Kath Khabar
सुन तस्करी प्रकरणमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

 

               काठमाडौं, साउन ४ । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बुधबार राति विमानस्थलबाट बरामद भएको एक सय किलो बढी सुन प्रकरणमा चिनियाँ नागरिक जिक्वान लिनलाई पक्राउ गरिएको हो। राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई रोक्न पत्राचार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी नेपाल छोडेर तिब्बेत एयरमार्फत चीन जान लागेका थिए । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको बताईएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update