Kath Khabar
भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा ८ घन्टाका लागि विद्युत् अवरूद्ध हुने

 

                    काठमाडौं, साउन ५ । भोलि बिहान काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते शनिबार बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १ सय ३२ केभीमा चार्ज गर्ने काम भइरहेको छ ।

कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा पनि बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

त्रिपुरेश्वर फिडर अन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर र थापाथली स्वीचिङ अन्तर्गत त्रिपुरेश्वर चोक, आँखा अस्पताल, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालय होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोकसम्म बिजुली आपूर्ति बन्द हुने छ।

यस्तै भैंसीपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, भैंसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडर अन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत् आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सम्पन्न भएमा बिजुली आपूर्ति हुने पनि जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update