Kath Khabar
सुन तस्करी प्रकरणमा मुछिएका भन्सार अधिकृतसहित दुई जना निलम्बित

 

              काठमाडौं, साउन ५ । भन्सार विभागले सय किलो सुन तस्करीबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुई कर्मचारीलाई निलम्बन गरेको छ ।

भन्सार विभागले भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगल सडकबाट सुन बरामद गरिएको थियो। पास अधिकृत चन्द र ढकालले सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास बुधबार दिउँसो ४ः११ मा गरेका थिए।

हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौं आएको उक्त सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले एक चिनिया र एक भारतीय सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update