Kath Khabar
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

 

                    काठमाडौं, साउन ५ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार यस प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीहरुलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार जिल्ला अदालत काठमाडौंले शुक्रबार यो प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update