
काठमाडौं, साउन ८ । आज कोशी प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका एक-दुई स्थानमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने स(साना खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा र डुबान भइरहने होचा स्थानमा बस्नेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।