Kath Khabar
चरेशसहित व्यक्ति नियन्त्रणमा


            काठमाडौं, साउन ८ । पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका ५ सबैठवा स्थित सीमा ईलाकाबाट साउन ८ गते सशस्त्र प्रहरीले करीव ५ के.जी. ७ सय ग्राम चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सोही जिल्लाको कालिकामाई गाउँपालिका १ मुडुली बस्ने ४४ वर्षिय प्रेम पासवानलाई नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो । ना ३० प ४४४३ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका पासवानले शरिरको विभिन्न भागहरुमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित चरेश फेला पारेको हो ।

नियन्त्रणमा लिईएका उनलाई बरामद चरेश तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update