भक्तपुरको चाँगुनारायणमा ११ वर्षीया बालिकाद्वारा आत्महत्या
भक्तपुर, साउन ९ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा ११ वर्षकी बालिकाले आत्महत्या गरेकी छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीस्थित रामकुमार गिरीको घरको माथिल्लो तलामा झुण्डिएर ११ वर्षीया आशिका थामीले मंगलबार आत्महत्या गरेकी छन्।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर भई हाल डेरा गरी बस्ने अभिषेक थामीको ११ वर्षीया छोरी आशिका थामीले तन्नाको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ। शव जाच मुचुल्काको लागी घटनास्थलमा प्रहरीको टोली पुगेको छ । घटनास्थल भक्तपुरबाट ८ कि.मि. उत्तर पूर्व पर्दछ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय