Kath khabar
होन्डा नेपालले सार्वजनिक गर्यो सिटी ई -एच ई  भी


                  काठमाडौं, साउन १० । होन्डाले हालै बजारमा  सिटी ई - एच ई  भी  सार्वजनिक गरेको छ । वर्षौँदेखि उपभोक्ताहरूको माझ लोकप्रिय होन्डा सिटी यसपालि नयाँ हाइब्रिड  भेरियन्टमा आएको छ ।  

अत्याधुनिक प्रविधियुक्त सिटी ई -एचभीले नेपालको अटोमोटिभ क्षेत्रमा  महत्वपूर्ण फड्को मार्ने संकेत गरेको छ । द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरण मैत्री सवारीका लागि नयाँ मापदण्डहरू सेट गरेको छ ।

सिटी ई -एचभीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ । यो सवारीचालक तथा पैदलयात्री दुवैलाई  मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो । यस प्रविधि अन्तर्गत गाडीमा जोडिएको वाइड-एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्न मद्दत गर्छ । प्याकेजमा भएको लेन-किपिङ असिस्ट र अटोनोमस इमर्जेन्सी ब्रेकिङले गाडीमा सवार तथा पैदल यात्री दुवैको सुरक्षा सुनिश्चित गर्दछ ।

नवप्रवर्तन र प्राविधिक उत्कृष्टता प्रति सदा प्रतिवद्ध होन्डाले सिटी ई-एचभीमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमका साथै अड्याप्टिभ क्रुज कन्ट्रोल सुविधा समावेश गरी अन्य प्रमुख निर्माताहरूले सेट गरेको प्रवृत्तिलाई पछ्याएको छ । यी फिचरहरुले समग्र ड्राइभिङ अनुभवलाई आरामदायी बनाउनुका साथै  थप सुरक्षित बनाउँ छ । सिटी ई -एच ई  भी को बारेमा थप जानकारी तथा टेस्ट ड्राइभका लागि आफ्नो नजिकको होन्डा कार शोरूममा सम्पर्क गर्नुहोस् ।  

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update