Kath Khabar
सर्लाहीका राष्ट्रिय अनुसन्धानका इन्सपेक्टर वसन्त साहको शव पुल मुनी भेटियो

 

                गोकुलेश्वर । राष्ट्रिय अनुसन्धान विभाग मलंगवा, सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त साह मृत अवस्थामा फेला परेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका-९, खोरिया टोलमा उनको शव फेला परेको हो।

ईश्वरपुर नगरपालिका-६, बयलवास बजार बस्ने २९ वर्षीय बसन्त साहको शव फूलजोर-त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरियाटोल नजिकैको कल्भर्ट मुनि फेला परेको हो।

सर्लाहीको फूलजोर-त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुल नजिकै आज बिहान इन्सपेक्टर साहको शव फेला परेको हो । घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल समेत भेटिएको छ ।

स्रोतका अनुसार इन्सपेक्टर साह मलंगवास्थित कार्यालयबाट मंगलवार साँझ घरका लागि हिँडेका थिए । उनको घर सर्लाहीको ईश्वरपुर नगरपालिका-६ मा पर्छ । घटनास्थलमा भेटिएको मोटरसाइकल उनकै भएको बुझिएको छ ।

घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा उनको ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update