Kath Khabar
अनुसन्धानका लागि भन्दै ब्यापारीको सुन घुस लिने डीएसपी ठग बहादुर केसी सेवाबाट बर्खास्त

 

                काठमाडौं, साउन  १० ।  नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठग बहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई बर्खास्त गर्नुभएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग घुस लिएको घटनामा निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो हप्ता गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update