Kath Khabar
राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सकुशल उद्वार



             बाँके, साउन १० । बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले साउन ९ गते बेलुका सकुशल उद्वार गरेको छ ।

नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको वहाव बढेपछि भंगालोमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्वार सामाग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्वार गरेको हो ।

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update