Kath Khabar
रेडी ट्रेडर्सको गोदामबाट ६६ कार्टुन ‘ब्रेक शु’ बरामद


              काठमाडौं, साउन ११ । राजस्व अनुसन्धान विभागले काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडर्स प्रालिको गोदामबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टुन बरामद गरेको छ ।

बुधबार दिउँसो राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सोह्रखुटे नजिकैको गोदाममा छापा मार्दा उक्त 'ब्रेक शु’ फेला पारेको थियो । पक्राउ परेकाहरुको बयानका आधारमा टोलीले छापा मारेको हो । पक्राउ परेकाहरुको बयानका आधारमा टोलीले छापा मारेको हो ।

यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको विभागले जनाएको छ । बरामद भएका सामान राजस्व अनुसन्धान विभागले लगेर अनुसन्धान थालेको छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update