निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

काठमाडौं, साउन ११ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ ।
शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवेदन दिन सक्नेछन् । कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
आयोगका अनुसार आवेदन अनलाइनबाट भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने छ। आवेदन https://license.tsc.gov.np/ बाट दिन सकिने आयोगले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० ११:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय