
ललितपुर, ५ असार । महालक्ष्मी नगरपालिका वडा नं. ४ सीतापाखामा आज बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सीतापाखा धूपि मार्ग उपभोक्ता समिति, नमस्ते साकोस इमाडोल-१ र लायन्स क्लव आफ काठमाडौं महिमाको संयुक्त सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
गत हप्तामात्र नमस्ते साकोसको आर्थिक संयोजनमा सो स्थानमा बृहत बृक्षारोपण कार्यक्रम गरिएको थियो । नमस्ते साकोसका अध्यक्ष रामकेशर बिष्टका अनुसार करिब ३ टन फोहोर व्यवस्थित गरी सडक दायाँबायाँको कूलो मर्मत र गत हप्ता रोपिएका बिरुवाको गोडमेल कार्य पनि सम्पन्न गरिएको छ ।
स्थानिय समाजसेवी युवा दामु रोक्काका अनुसार अबदेखि प्रत्येक महिनाको अन्तिम शनिवार बिहान यस्ता कार्यले निरन्तरता पाउनेछ, सहकार्य र हातेमालोको लागि आफूहरु खुल्ला मनले प्रतिक्षारत रहेको पनि वहाँले बताउनुभयो ।
यसैगरी लायन्स क्लव अफ काठमाडौं महिमाका प्रतिनिधि पदाधिकारीहरुले पनि यस्ता कार्यमा आउँदा आफूहरु अत्यन्त हर्षित भएको बताउनुभयो । आजको उक्त कार्यक्रममा स्थानिय, लायन्स क्लव अफ काठमाडौं महिमा र नमस्ते साकोसका गरी २३ जनाको उपस्थिति रहेको थियो ।