तस्करीको सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं, साउन ११ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको तस्करीको १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
राजस्व अनुसन्धान विभागका अनुसार स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण मार्फत् जानकारी दिन लागिएको हो ।
हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको दाबी छ । प्रत्यक्ष प्रसारणका सरकारी टेलिभिजनबाट गर्ने छलफल भएको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १५:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय