जानकी मन्दिरमा अश्लील टिकटक बनाउने अनिरूद्र यादव पक्राउ
१८ वर्षीय यादव माथि थप अनुसन्धान भइरहेको र भिडिओमा देखिएकी महिला र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ
जनकपुर, साउन १२ । जनकपुरको जानकी मन्दिरमा अश्लील हर्कत गरी टिकटक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कतमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने धनुषाको औरही गाउँपालिका-६ का अनिरूद्र यादवलाई पक्राउ गरिएको हो।
१८ वर्षीय यादव माथि थप अनुसन्धान भइरहेको र भिडिओमा देखिएकी महिला र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

