Kath Khabar
आज ५ प्रदेशका केही ठाउँमा भारी बर्षाको अनुमान

 

              काठमाडौं, साउन १४ ।  आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनीका १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका १/२ ठाउँमा  ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा अहिले मनसुन सक्रिय भएको छ । अहिले देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहेको छ । गएराति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । त्यस क्षेत्रका खोला नालामा बाढीको जोखिम बढेकाले सतर्कता अपनाउन मौसमपवद्को आग्रह छ । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update