Kath Khabar
नारायणगढ-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध

 

                       चितवन, साउन १४ । नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहान पहिरो खस्दा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।

आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । पहिरोका कारण यस सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update