Kath Khabar
आजबाट  ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला जफत गरिने


                    काठमाडौं, साउन १४ । काठमाडौं महानगरपालिकाले यही श्रावण १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा, र मालामा प्रतिबन्ध लगाइसकेको छ ।

अब महानगरले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको छ । त्यसका लागि आजबाट महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५० जना नगर प्रहरीलाई माइक्रोन नाप्ने मेसिनसहित अनुगमनमा खटाइनेछ ।

यसअघि २०७२ साल बैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भुकम्पका कारण कार्यन्वयन हुन नसकेपछी सो नियम पुन ब्युँताएर फेरि कार्यान्वयनमा ल्याउन लागिएको हो ।

 

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update