Kath Khabar
कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

 

                   काठमाडौं, साउन १४ । गत असार २८ गते मृत अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा 'सुसाइड नोट' भेटिएको छ ।

प्रहरीले ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । उक्त ल्याबको रिपोर्ट आएको छ, जसमा उनको मोबाइलबाट सुसाइड नोट फेला परेको छ । डिजिटल फरेन्सिक ल्याबमा प्राविधिक जनशक्ति थोरै भएको हुनाले फरेन्सिक जाँच रिपोर्ट ढिला आएको प्रहरीको भनाइ छ ।

उनको मोबाइलमा करिब एक पानामा लेखिएको नोटमा उनले कसैलाई दु:ख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । उनले सबै आफ्नै गल्ति भएको बताएका छन् ।

प्रहरीका अनुसार नोटप्याडमा  ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु, यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेस्ट इन पिस, धन्यवाद’ लेखिएको छ  ।

फरेन्सिक ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update