Kath Khabar
त्रिभुवन विमानस्थलबाट ८१ ग्राम सुन सहित १ जना पक्राउ

 

                 काठमाडौं, साउन १५ ।  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरनबाट करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थान सहित बैतडी पाटन नगरपालिका-६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरवेयजको उडानमा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update