यति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकियो

काठमाडौं, असार १५ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकिएको छ ।
सोमबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भर्न लागेको यति एयरलाइन्सको विमानमा मुसा देखिएपछि उडान रोकिएको हो । विमानस्थलका अनुसार उडान नम्बर ६७८ को यति एयरको जहाज बिहान ११:५० बजे पोखराबाट काठमाडौंका लागि उड्ने तयारी थियो तर मुसा देखिएपछि उडान रोकेर खोजी सुरु गरिएको छ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय