Kath Khabar
अधिवक्ता भगवती पाण्डे पक्राउ

 

                काठमाडौं, साउन १७ ।  कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेका छन् । शुक्रवार जिल्ला अदालत काठमाडौंले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनि बीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् ।

उनी विरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update