Kath Khabar
महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलाम गर्दै  


              काठमाडौं, साउन १८ ।  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् ।

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताइएको छ ।
पुनले प्राप्त गरेको 'द रामोन म्यागासेसे' पुरस्कारको शुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ ।

यस्तै 'डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कार' को मूल्य ५ हजार अमेरिकी डलर तोकिएको छ । 'इन्टरनेट हल अफ फेम २०१४' को शुरुआती मूल्य ७ हजार ५०० अमेरिकी डलर तोकिएको छ भने 'राष्ट्रदीप पदक' को मूल्य २ हजार ५०० अमेरिकी डलर र 'युनिभर्सिटी अफ नेब्रास्का अनर ग्राज्युएड अवार्ड' को मूल्य ५ हजार अमेरिकी डलर तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update