
मनाङ, साउन १८ । मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी परेका छन् । मङ्गलवार दिउँसो चामे गाउँपालिका-३ कोतोमा काम गर्ने ६ जना मजदुर सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन्।
बिरामी पर्नेमा गोरखाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोरखाका दल बहादुर आले, गुन्जमान थापा, धादिङका प्रेम बहादुर घले, गोरखाका वन बहादुर आले रहेका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीन कुमार भण्डारीका अनुसार उनीहरुको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 'सिङ्गुस खाएर मङ्गलवार राति देखि मुटु, छाती र जिउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारका लागि लमजुङ अस्पताल पठाइएको छ', प्रनाउ भण्डारीले भन्नुभयो ।
सिङ्गुस खाएर ३५ देखि ४८ उमेर समूहको रहेका उहाँले बताउनुभयो ।