सामाखुशीको खोलामा बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो
1691121564.jpg)
काठमाडौं, साउन १९ । गत साउन ७ गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि फेला परेको छ ।
सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि दक्षिणकालीको बागमती नदीको किनारमा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले जानकारी दिए।
बाढी आएको खोलामा खसेर बेपत्ता भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र रुपमा अघि बढाएको थियो । तर, प्रहरीले उनको शव फेला पार्न सकेको थिएन । खोलामा खसेर बेपत्ता भएको ११ दिनपछि त्यहाँका स्थानीय वासिन्दाले उनको शव भेट्टाएका थिए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० ०९:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय