देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता
भुसाल शुक्रवार बिहान ७:१५ बजे बगाई बेपत्ता भएको भएको खोज तलास भइरहेको र हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ

तनहुँ, साउन १९ । देवघाट धामबाट एक तीर्थयात्री नदीले बगाएर बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका-५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र काली गण्डकी नदीको संगमस्थल० बाट बेपत्ता भएका हुन् ।
देवघाट दर्शन गर्न आएका दाङ जिल्लाको तुलसीपुर नगरपालिका-१२ बस्ने वर्ष ३२ को लोकेन्द्र भुसाल बेपत्ता भएको प्रहरीले जनाएको छ ।
भुसाल शुक्रवार बिहान ७:१५ बजे बगाई बेपत्ता भएको भएको खोज तलास भइरहेको र हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय