Kath Khabar
नागरिकता सम्बन्धी कसुरमा उप-मेयर मीरा कुमारीका पति महेन्द्र कुमार यादव पुर्पक्षका लागि कारागार चलान


                सप्तरी, साउन १९ ।  नेपाली नागरिकता सम्बन्धी कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप-मेयर मीराकुमारी यादवका पति महेन्द्र कुमार यादव पुर्पक्षका लागि कारागार चलान भएका छन्।

बिहीबार सप्तरी जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए।

सो मुद्दामा १२ दिनअघि उपमेयर मीरा कुमारी १ लाख धरौटी बुझाएर रिहा भएकी थिइन्। अनुसन्धानको क्रममा पटक-पटक म्याद थप्दै २३ दिनसम्म प्रहरी हिरासतमा रहेकी मीरा गत साउन ८ गते धरौटी बुझाएर रिहा भएकी थिइन्।

सो प्रकरणमा महेन्द्रका बुबा (नागरिकताअनुसार) सहदेव यादव पनि ३ दिनअघि मात्रै १ लाख धरौटी बुझाएर रिहा भएका थिए। मुद्दाको अनुसन्धानकै क्रममा फरार सूचीमा रहेका महेन्द्र बिहीबार अदालतमा उपस्थित भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update