Kath Khabar
मोबाइल क्लिनिक विवादमा आएपछि रविले भने- 'भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला'

 

                 काठमाडौं, साउन २१ । स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मोबाइल क्लिनिकमा गाडी मात्र परिवर्तन हुन लागेको जानकारी दिएका छन् ।

लामिछानेले चितवनमा सञ्चालनमा ल्याएको मोबाइल क्लिनिक पुरानो मेडिकल कलेज भरतपुरमा रहेको पुरानो एम्बुलेन्स भन्ने टिकाटिप्पणी आएपछि गाडी मात्र परिवर्तन हुन लागेको, मोबाइल क्लिनिक भने चालू रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले ब्लु बसमा पनि कुनै समस्या छैन । मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ? भन्दै उनले लेखेका छन् -

कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा  बा आमाको सेवामा हुनेछ।  यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर ...हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।

रास्वपा सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्नको लागि सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

११ वर्ष अगाडि भारतीय दूतावासले पुरानो मेडिकल कलेजलाई दिएको उक्त एम्बुलेन्स लामो समयदेखि नवीकरणसमेत नगरिएको र गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा सन्चालमा ल्याइएको भन्दै विवादमा आएको हो ।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update