टोखा नगरपालिका भित्र सार्वजनिक स्थलमा धूम्रपान निषेध

काठमाडौं, साउन २१ । टोखा नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ। टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित)मा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक स्थलबाट १०० मिटर वरपरको क्षेत्र भित्र सूर्तीजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही हुने जानकारी दिए।
सो नगरपालिकाले गत हप्ता मात्रै नगर भित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ। काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन्।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० १८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय