कालिखोलामा पहिरो खस्दा नारायणग-मुग्लिन सडक अवरुद्ध

चितवन, साउन २३ । नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय