कहाँ हरायो त ? नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड
निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएको जनाएको छ

काठमाडौं, साउन २४ । नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ ।
‘नमस्ते ब्राण्डको रिचार्ज कार्ड’ ढुवानीका क्रममा हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहल काठमाडौंले जनाएको छ ।
निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएको जनाएको छ ।
ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिद बिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय