Kath Khabar
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ


                   काठमाडौं, साउन २६ । एक क्विन्टल सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तस्करीको कालोसूचीमा रहेका चिनियाँ नागरिक लिजिया लिन र लिउफुयानलाई चीन जान लागेका अवस्थामा विमानस्थलको अध्यागमन टोलीले पक्राउ गरेको हो ।

यो प्रकरणमा अनुसन्धानको जिम्मा पाएको सीआईबीले यसमा चिनियाँको कनेक्सनबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update