
काठमाडौं, साउन २६ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ। यसका साथै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ। जसको प्रभावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका केहि तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति भने कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै भूभागहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा चट्याङ्गसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
यस्तै भोली देखि देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने, पर्सी बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखल अनुरोध गरेको छ ।