एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेश अडुकियाका छोरा पक्राउ
काठमाडौं, साउन २६। एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
भारतको नयाँदिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिएका छन् ।
उनी इन्डिगो एअरको विमानबाट नयाँ दिल्ली हुँदै नेपाल आइरहेका थिए । पक्राउ परेका अडुकियालाई राजस्व अनुसन्धान विभागमा बुझाइएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय