Kath Khabar
नेपाल चेम्बर अफ कमर्सद्धारा बाढी पीडितहरुको लागि राहत सामाग्री हस्तान्तरण

काठमाडौं, असार ६ । हालैको भिषण बर्षाको कारण उत्पन्न वाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा जनधनको क्षति पुर्‍याई त्यस क्षेत्रका वासिन्दाहरु घरवारबिहीन हुन पुगेकाले नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले गहिरो दुख व्यक्त गर्नु भएको छ ।

बाढीमा परी असामयीक निधन हुनु भएकाको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति अध्यक्ष मल्लले गहिरो समवेदना समेत व्यक्त गर्नु भएको छ । यसै सिलसिलामा सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पिडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्रीकोरुपमा त्रिपाल, चामल नून, चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ ।

उक्त राहत सामाग्री मनाङको लागि काठमाडौं स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढीपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्षद्धय दीपककुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update