Kath Khabar
अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

 

                 काठमाडौं, साउन २८ । लगातारको वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।

वर्षाले भिजिबिलिटी कम हुँदा भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।

बिहानदेखि पोखरा विमानस्थल र सुर्खेत विमानस्थलबाट विमान उड्न सकेको छैन भने अन्य विमानस्थलहरूमा पनि ढिलो हुने र कम उडान भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update