सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै, पेशी न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा

काठमाडौं, साउन ३२ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमाथिको पेशी न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा तोकिएको छ । पेसी पहिलो नम्बरमा रहेको छ । अन्तिम सुनुवाइ भनिएको यस पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।
लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा हाल २४ पटक पेसी चढिसकेको छ । आज मुद्दाको सुनवाइ भएन भने सन्दीपको एसिया कप प्रभावित बन्न सक्छ । यही ३० अगस्टमा सुरु हुने एसिया कप क्रिकेटका लागि घोषित टिममा पनि लामिछाने रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० ११:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय