Kath Khabar
आफ्नो संवेदनशील अङ्ग आफैले काटेर एक युवा घाइते

 

                   मकवानपुर, साउन ३२ ।  मकवानपुरमा आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) आफैंले काटेर एक युवा घाइते भएका छन् ।

मकवानपुरगढी गाउँपालिका-७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईंले आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उपचारका लागि पनि आफैँ अस्पताल पुगेका हुन् ।

हिजो बुधबार हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका हुमागाईंले राति १० बजेतिर आफ्नो लिङ्ग काटेको देखिएको प्रहरीले बताएको छ।

हेटौँडामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।  प्रहरीसँगको बयानका क्रममा उनले ‘मानसिक उत्तेजना’ का कारण लिङ्ग काटेको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update