भुइँमा लत्रिएको तारमा करेन्ट लागेर मृत्यु भएपछि विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द
कञ्चनपुरको भीमदत्त नगरपालिका-१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो। विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्
कञ्चनपुर, साउन ३२ । कञ्चनपुरमा सडकमा लतारिएको तारबाट करेन्ट लागेर १ जनाको मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो। विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्।
विरोधमा उनीहरुले बिहीबार बिहानै देखि सुकासाल क्षेत्रमा टायर बालेर क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय