सन्दीपको मुद्दामा भएन बहस, न्यायाधीशले दिए आमाको जन्ममिति प्रमाणीकरण गर्ने आदेश
1692262495.jpg)
काठमाडौं, साउन ३२ । राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पहिलो नम्बरमा परेको मुद्दाको बहस नभईकन सुनवाइ स्थगित भएको हो । उक्त मुद्दामा न्यायाधीश खतिवडाले वादी गौशाला २६ की आमाको जन्ममिति दुई खालको देखिएको भन्दै प्रमाणीकरण गर्ने आदेश दिएका छन् ।
आजदेखि निरन्तर सुनुवाई गर्ने भनिएको उक्त मुद्धामा पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुईवटा देखिएपछि पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिदै खतिवडाले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएका हुन् । अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय