Kath Khabar
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

 

                    काठमाडौं, भदौ १ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज-७ ठेगाना भएका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बिहीबार राति चितवनबाट पक्राउ गरेको हो ।

उनी चितवन मेडिकल कलेजमा एमबिबिएसको अन्तिम सेमेष्टरमा पढ्दै थिए । आइएससी पास भएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनले एमबीबीएस अध्ययनका लागि काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आइएससी पास भएको प्रमाणपत्र पेस गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update