Kath Khabar
निषेधाज्ञा सात दिन थपः पसल खोल्न दिने, सवारी साधनमा जोर बिजोर

काठमाडौं, ६ असार । काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको भक्तपुर जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। सो सँगै असार ७  जारी गरिएको निषेधाज्ञाको अवधि अब १३ गतेसम्म कायम रहने छ ।  स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ ।

प्रशासनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन गर्न दिइने तथा अटोमोबाइल र त्यसका पार्टपूर्जा पसल समेत खुला गर्न दिइने भएको छ ।

आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ भने फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्ने दिने निर्णय गर्नुभएको छ ।

त्यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुला गर्न पाइने छ। सवारी साधनको हकमा भने असार ८ गतेबाट जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update